Friday, December 4, 2015

सपनाको आ-आफ्नै एक अलग संसार हुन्छ। संसारका हरेक व्यक्तिले राती वा दिनमा सुतेको बेला सपना अवश्य देख्छन्। हिन्दु मान्यता अनुसार हरेक सपनाको एक विशेष फल अवश्य प्राप्त हुन्छ।
सपनाले भविष्यमा हुने वाला राम्रो नराम्रो घटनाको बारेमा पहिला नै जानकारी दिन्छ। तर हामी ती संकेतलाई बुझ्न सक्दैनौं। प्राचीन धर्मग्रन्थ वाल्मिकी रामायण, अग्नी पुराण आदिमा सपनाको माध्यमबाट भविष्यमा हुने घटनाहरुको बारेमा जानकारी पाएको वर्णन भेटिन्छ।



सपनाको संसार ज्यादै नै रोचक हुन्छ। पहिला पहिला यो पुराण, इतिहास र ज्योतिषमा मात्र सिमित हुन्थ्यो तर आजभोलि मनोविज्ञान, चिकित्सा विज्ञान आदिको अनुसन्धानको विषय बनिसकेको छ। यस्तै केही सपना र यसका फलको बारे यहाँ जानकारी दिइएको छ।

कुन सपना देख्दा कस्तो फल मिल्छ ?
१. आँखामा गाजल लगाउनु - शारीरिक कष्ट
२. आफ्नै काटेको हात देख्नु - कुनै नजिकको प्रियजनको मृत्यु
३. उजाड बगैचा देख्नु - दुःख पाउने
४. मोटो भैसी देख्नु - अन्न सस्तोमा पाउने
५. दुब्लो भैसी देख्नु - अन्न महंगो हुनु
६. बाख्रा देख्नु - शत्रुको डर
७. राजनेताको मृत्यु भएको देख्नु - देशमा समस्या आउनु
८. पहाड हल्लिएको देख्नु - विरामी हुने डर
९. पुरी खाएको देख्नु - खुशीको समाचार आउनु

१०. तामा देख्नु - गोप्य कुरा पत्ता लाग्नु
११. बेडमा सुतेको देख्नु - गौरव तथा प्रतिष्ठा पाउनु
१२. थुक देख्नु - समस्यामा पर्नु
१३. हरियालीपुर्ण जंगल देख्नु - खुशियाली आउनु
१४. आफूलाई उडेको देख्नु - कुनै समस्याबाट छुटकारा पाउनु
१५. सानो जुत्ता लगाएको देख्नु - कुनै महिलासँग झगडा हुनु
१६. स्त्रीसँग मैथुन गर्नु - धन प्राप्त हुनु
१७. झगडा गर्नु - प्रसन्नता प्राप्त हुनु
१८. लडाईमा मरेको देख्नु - राजनीतिमा सफल हुनु
१९. चन्द्रमा झरेको देख्नु - कुनै समस्यामा पर्नु
२०. चन्द्रग्रहण देख्नु - कुनै रोग लाग्नु
२१. आफ्नै दाँत भाँचिएको देख्नु - समस्या बढ्दै जानु



२२. ढोका खुल्ला देख्नु - कुनै व्यक्तिसँग मित्रता हुनु
२३. बन्द ढोका देख्नु - धन नास हुनु
२४. धुँवा देख्नु - व्यापारमा हानि
२५. भुकंप देख्नु - सन्तानलाई दुःख कष्ट हुनु
२६. चश्मा लगाएको देख्नु - ज्ञान बढ्छ
२७. बत्ती बालेको देख्नु - नयाँ अबसर प्राप्त हुनु
२८. मासु देख्नु - आकस्मिक धन लाभ
२९. पूजा पाठ गरेको देख्नु - समस्याको अन्त हुनु
३०. फलको झुप्पा देख्नु - छिटो धन प्राप्त हुने योग
३१. सेतो परेवा देख्नु - शत्रुसँग मित्रता हुनु
३२. बिरालो एक आपसमा झगडा गरेको देख्नु - मित्रसँग झगडा
३३. सेतो बिरालो देख्नु - धन नास हुनु
३४. समाधिस्थल देख्नु - सौभाग्य प्राप्तिमा योग



३५. गोबर देख्नु - पशु व्यापारमा लाभ
३६. उजाड जंगल देख्नु - समस्या बढ्नु
३७. मरेको मानिस देख्नु - रोगबाट मुक्त
३८. गरगहना देख्नु - कार्य पुर्ण हुनु
३९. जुवा खेलेको देख्नु - व्यापारमा लाभ
४०. पैसा उधारोमा दिनु - अत्यधिक धन प्राप्त हुन्छ।
४१. चील देख्नु - शत्रुबाट नोक्सान हुनु
४२. चाँदी देख्नु - धन प्राप्त हुनु
४३. कैची देख्नु - घरमा झै-झगडा हुनु
४४. खेतमा पाकेको गहुँ देख्नु - धन लाभ हुनु
४५. काग देख्नु - कसैको मृत्युको समाचार आउनु



४६. कुकुर देख्नु - पुरानो साथीसँग भेट हुनु
४७. नदीको पानी पिएको देख्नु - सरकारी लाभ हुनु
४८. सेतो फूल देख्नु - कुनै समस्याबाट छुट्कारा मिल्नु
४९. रातो फूल देख्नु - भाग्य चम्कनु
५०. घोडा देख्नु - संकट हट्नु
५१. मोती देख्नु - छोरी पाउने योग
५२. गाडेको धन देख्नु - अचानक धन लाभ हुनु
५३. झरना देख्नु - दुःखको अन्त हुनु
५४. चेक लेखेर दिएको देख्नु - विरासतमा धन मिल्नु



५५. कुवामा पानी देख्नु - धन लाभ
५६. सुन्दर स्त्री देख्नु - प्रेममा सफलता
५७. खुकुरी देख्नु - संकटबाट मुक्ति
५८. चन्दन देख्नु - शुभ समाचार आउनु
५९. नक्शा देख्नु - कुनै योजनामा सफलता मिल्नु
६०. नून देख्नु - स्वास्थ्यमा लाभ
६१. सुकेको घाँस देख्नु - जीवनमा समस्या
६२. रुद्राक्ष देख्नु - शुभ समाचार आउनु
६३. स्वर्ग देख्नु - भौतिक सुखमा वृद्धि
६४. सूर्य देख्नु - विशेष व्यक्तिसँग भेट हुने योग
६५. तिर्खा लाग्नु - लोभ बढ्नु

कुन सपना देख्दा कस्तो फल मिल्छ ? कस्तो सपना अरुलाई सुनाउनु हुदैन ?

Thursday, December 3, 2015

म १९ वर्षीया युवती हुँ। मेरो एउटा केटा साथीसँग यौनसम्पर्क भएको छ। अहिले मेरो घरमा विवाहको कुरा चलिरहेको छ। के मसँग विवाह गर्ने केटाले मैले अरूसँग यौनसम्पर्क गरेकी छु भन्ने कुरा थाहा पाउँछ
केटा साथीसँगको यौनसम्पर्क
तपाईंले केटासाथीसँग यौनसम्पर्क भएको कुरा त गर्नुभएको छ, तर तपाईंका ती केटा साथीसँग कस्तो सम्बन्ध थियो भन्ने सन्दर्भमा भने कुनै कुरा उल्लेख छैन । सम्बन्ध कत्तिको गहिरो थियो वा त्यो सम्बन्ध कत्तिको प्रेममय थियो स्पष्ट हुनुपर्छ।किशोरावस्थामा यौनेच्छा तीव्र हुन्छ नै, त्यसैले यौनसम्पर्क राख्न पुगिन्छ । सहमतिमै भएका यौनसम्पर्कमा पनि समस्या हुन्छन्, त्यसैले जोसमा होस गुमाउनु हुँदैन । तपाईंलाई गर्भको भय भएको देखिँदैन, सम्भवतः तपाईंले गर्भनिरोधको उपाय अपनाउनुभएको हुनुपर्छ । यस्तो सम्बन्धमा यौनरोगको समस्या भोग्नुपर्ने स्थिति पनि उत्पन्न हुन सक्छ भन्ने त थाहै होला ।




यी कुनै कुरा नभएको स्थितिमा पनि सम्बन्धमा स्थायित्व नहुँदा वा त्यसले निरन्तरता नपाउँदा त्यसका आफ्नै समस्या हुन्छन् । यस्ता समस्या शारीरिक तथा मानसिक दुवै हुन सक्छन्। तपाईंको केटा साथीसँगको सबन्ध कत्तिको गहिरो वा प्रेममय थियो, त्यसले पनि प्रभाव पार्छ। क्षणिक आकर्षण र वास्तविक प्रेमबीच फरक छुट्टयाउनु आवश्यक हुन्छ। क्षणिक आकर्षणलाई नै प्रेम मान्दा खाडलमा परिने सम्भावना हुन्छ। किशोरावस्थामा आकर्षण पनि प्रेमसम्बन्ध नै हो जस्तो लाग्न सक्छ। यी दुवैमध्ये के हो राम्रोसँग विचार पुर्‍याउनुपर्छ। तपाईंले आफ्नो प्रेमीको उमेर त उल्लेख गर्नुभएको छैन। उमेर बढी हुँदै गएपछि त्यो क्षणिक आकर्षणमा मात्र सीमित हुने सम्भावना कम हुन्छ। किशोरावस्थामा रागरस -हार्मोन) हरूको प्रभावका कारण शारीरिक मात्र नभै विपरीत लिङ्गप्रति आकषिर्त हुनु वा आकषिर्त गर्न खोज्नु, यौन भावनाको विकास हुनु, विपरीत लिङ्गी नजिक बस्ने वा स्पर्श गर्न चाहनेजस्ता भावनात्मक -मानसिक) परिवर्तनहरू हुन्छन्। यो शारीरिक विकाससम्बन्धी प्राकृतिक कुरा मात्र होइन, मानवको वंशजको निरन्तरताका लागि यो आवश्यक पनि छ। किशोरावस्थामा विपरीत लिङ्गीप्रति हुने आकर्षण जैविक स्थिति हो र यस्तो आकर्षण बारम्बार पैदा हुन्छ। कतिपयले किशोरावस्थामा हुने यस्तो आकर्षण वा मोह लाई नै वास्तविक प्रेम मान्छन्। प्रेम तथा आकर्षणको बीचमा भएका भिन्नता छुट्टयाउन सक्नुपर्छ। प्रेम वास्तवमा विस्तारै हुने प्रक्रिया हो। दुई व्यक्ति साथसाथै हुर्कंदा यो विकसित हुन्छ र यसमा सम्पूर्ण व्यक्तित्व नै संलग्न हुन्छ। प्रेममा अर्को व्यक्तिको भावना तथा शरीर दुवैलाई कदर गरिन्छ र उक्त व्यक्तिलाई खुसी राख्न प्रयत्न गरिन्छ।

समस्या के हो त ?
तपाईंमा विवाह भएपछि भावी श्रीमान्लाई तपाईंको अहिलेको यौनसम्पर्कका बारेमा थाहा होला कि नहोला भन्ने चिन्ता छ भन्ने बुझिन्छ, तर एकपल्ट फरक दृष्टिकोणबाट पनि तपाईंको यो समस्यालाई हेरौं।

तपाईंले राख्नुभएको सम्बन्धका लागि एक हदसम्मको अन्तरङ्गता चाहिन्छ नै। केटासाथीसँग प्रेम सम्बन्ध थियो भने त्यसलाई किन निरन्तरता दिन चाहनुहुन्न भन्ने कुरा पत्रमा स्पष्ट छैन। तपाईंको केटासाथीसँग प्रेम सम्बन्ध छ भने उसैसँग विवाह गर्न किन नसक्ने ? कुरा अलि बुझ्न नसकिने छ। अहिले कसैले मन दुखाउला भनेर आफ्नो जिन्दगीभरिको कुरामा सजिलै सम्झौता गर्नु मनासिव नहुन सक्छ।

परिवारमा विवाहको कुरा चल्नासाथ तपाईंले एक किसिमले नयाँ सम्बन्धलाई स्वीकार गरेको पाइन्छ। तपाईं यौनसम्पर्क नै भएको स्थितिमा पनि केटासँगको सम्बन्धमा समर्पित हुनु हुन्न भने कुरा अर्कै भयो। तपाईं उसबाट छुट्कारा पाउन चाहनुहुन्छ भने त्यसका पनि आफ्नै कारण होलान्, तर तपाई यस्ता कुरा पनि स्पष्ट हुनु आवश्यक छ।

के विवाहपूर्व यौनसम्पर्क राखेको थाहा पाउलान् ?
पहिलेको प्रेम तथा यौनसम्बन्धका बारेमा चर्चा गरिएन भने तपाईं यस्तो अवस्थाबाट गुज्रनुभएको होला भनेर थाहा पाउन सजिलो छैन। पुरुषलाई महिला यौनअङ्गको बनावटका सम्बन्धमा सामान्य जानकारी हुने भए पनि तपाईंको योनिको बनावट वा स्वरुरूप यस्तै थियो भन्ने कुरा थाहा हुँदैन भने यौनसम्पर्क राखेको कुरा थाहा पाउन त झन् गाह्रो कुरा हो। हुन त आफूले विवाह गर्न लागेकी दुलही कुमारी हो कि होइन भन्ने चासो धेरै पुरुषलाई भए पनि पक्का हुन सजिलो छैन। कुमारित्वमा योनिच्छद भएको वा नभएको कुरालाई नै मुख्य आधार बनाइएको पाइन्छ, तर वैज्ञानिक तवरले हेर्ने हो भने त्यसलाई बलियो आधार मान्न सकिँदैन। किनभने कुनै-कुनै युवतीमा योनिच्छद जन्मजात नै नहुन सक्छ वा त्यसको राम्रोसँग विकास नभएको हुनसक्छ। कतिपय युवतीको प्रथम यौनसम्पर्क हुनुभन्दा पहिले नै शारीरिक क्रियाकलापका दौरानमा योनिच्छद च्यातिन सक्छ। कतिपय महिलाको योनिच्छद निकै लचिलो र तन्कन सक्ने खालको हुन्छ। यस्तो स्थितिमा कतिपय महिलाको झिल्ली यौनसम्पर्क राखिसकेपछि पनि नच्यातिएको हुनसक्छ। यस्तो स्थितिमा कौमार्य भङ्ग भएको भए पनि योनिच्छद नच्यातिएको शारीरिक प्रमाणलाई आधार मान्दा कुरा निकै फरक पर्छ। देहव्यापारको क्षेत्रमा एकपल्ट पनि यौनसम्पर्क नराखेकी युवतीसँग पहिलो यौनसम्पर्क राख्न बढी रकम तिर्न तयार हुने पुरुषहरू प्रशस्तै पाइन्छन्, त्यसैले उनीहरूलाई त्यसको अभिनय गर्न सिकाइन्छ भने अर्कातिर भिक्टोरियन कालमा बेलायतमा योनिच्छद च्यातिएको भान पार्न जुका प्रयोग गरिएको उदाहरणसम्म फेला परेको छ। यसको निचोड के हो भने अन्य कुनै तरिकावाट सूचना नपाएको स्थितिमा सामान्यतः कुनै पनि पुरुषले महिलाले पहिले नै यौनसम्पर्क राखे-नराखेको कुरा थाहा पाउन सक्दैन। त्यसैले यौनसम्पर्क राखेको कुरा थाहा पाउला भनेर विवाह नै गर्नु हुँदैन भन्ने छै

आफ्नो श्रीमती अरु संग यौन सम्पर्क गरे नगरेको थाहा पाउने नयाँ तरिका (तत्थसहित) !!!

महिलाहरुको वास्तविक अवस्था उनीहरुले अनुहारले बोलिरहेको हुन्छ । यो कुरामा कति पुरुषहरु चनाखो हुन्छन् अथवा भनौँ उनीहरु अनुहारको अवस्था हेरेर महिलाको वास्तविक परिस्थितिको आकलन गर्न सक्छन् । पुरुषहरु महिलालाई विश्वास गरे गरुन् नगरे नगरुन् तर महिलाहरुले कुनै न कुनै रुपमा ढाँटिरहेका हुन्छन्, एक अध्ययन भन्छ । कतिपय अवस्थामा परिस्थितिमाथी कब्जा जमाउन वा कतिपय अवस्थामा आफ्नै वचावट गर्न महिलाहरुले ढाँटिरहेका हुन्छन् ।



उनीहरुले आफुप्रतिको पुरुषको दृष्टिकोण र केहि रहस्यका कुरा पत्ता लगाउन पनि ढाँटेर पुरुषलाई मनाइरहेका हुन्छन् । साना कुरामा ढाँटिएको स्थितिले विकराल परिणाम त नल्याउला तर कतिपय अवस्था यस्ता हुन्छन्, जसले परिवार, पुरुष महिलाबीचको सम्बन्धमा दरार उत्पन्न गर्न सक्छ । अध्ययनले सुझाव दिन्छ, यसैले यसमा सचेत र चनाखो हुनु जरुरी छ । ति पाँच कुरा के के हुन् त ?

१. हैन सबै ठिक छ धेरै युवती वा महिलाहरु आफ्नो अवस्थाको बारेमा पुरुषलाई धेरै जानकारी दिन चाहन्नन् । उनीहरु दुख पर्दा पनि हाँस्ने चेष्टा गरिरहेका हुन्छन् । पुरुषले चिँढ्याएको अवस्था होस् वा चित्त दुखाएको अवस्था होस्, अनुहारमा रिसको भाव झल्किए पनि के भयो ? भनेर सोध्दा हैन सबै ठिक छ भन्ने उनीहरुको वानी हुन्छ ।

२. तिमी जस्तो छौँ त्यहिलाई म माया गर्छु मन नपरि नपरि विवाह गरेको पुरुष रहेछ भने पनि महिलाहरु तिमी जे हौँ त्यहि भएर तिम्रो माया लाग्छ भनिदिन्छन् । एकाध जनालाई छोडेर घरमा नराम्रो सम्बन्ध भएपनि महिलाहरु बाहिर आफ्नो लोग्नेको बखान गर्छन, उनी जे हुन् त्यहि कुरा मलाई मन पर्छ भन्ने खालका अभिव्यक्ति महिलाबाट आउने गर्छ ।

३. मलाई यसमा मतलब छैन आफुसँग निकट रहेको युवक वा पुरुष अर्कै केटीसँग गफगाफ गरिरहेको हुन्छ वा लसपस गरिरहेको हुन्छ भने त्यो जस्तो जलन महिलालाई अरु हुँदैन । आफ्नो प्रेमि अर्कै केटीसँग बोल्दा वा आफ्नो श्रीमान अन्य महिलासँग जिस्किएको देख्दा ती युवति र महिलालाई सबैभन्दा बढी पिडा हुने गर्दछ ।

तर पनि त्यो पिडा लुकाउँदै उनीहरु तिमी जे जस्तो गर, यसमा मलाई मतलब छैन भन्दै परिस्थिति पन्छाउन खोज्छन् । अझ, आफ्नो प्रेमि होस वा लोग्ने, तिमीलाई त्यो केटीको वा महिलाको कुन कुरा मन पर्छ ? उनलाई त्यस्तो हट देखिने केले बनाएको हो ? तिमीलाई उनी मन पर्छिन ? भन्ने खालका सामान्य प्रश्न सोधेर पुरुषको धारणा खोतल्ने प्रयास गर्छन र भन्छन पनि यसमा मलाई कुनै दुख छैन तर तिमीलाई उसको कुन कुरा मन पर्छ भन्दै रहस्य खोतल्ने प्रयास गरेका हुन्छन् । तिमी जोसँग जिस्केको भएपनि मलाई यसमा मतलब छैन, मलाई विश्वास छ तिमी मलाई माया गर्छौ भन्दै आफ्नो विश्वासको पर्खाल झन् फराकिलो बनाउने चेष्टा गर्छन तर वास्तवमा उनीहरुलाई यसमा एकदमै पिडा भैरहेको हुन्छ ।

४. तिम्रा साथीहरु कुल छन् यो सधैँ ढाँटको अवस्था नहुन सक्छ । कल्पना गर्नुस त, तपाई आफ्नो प्रेमिकासँगै केहि साथीहरुसँग घुम्न जानुभएको छ । साथीहरुसँग जाँदा आफ्नीलाई मात्रै ध्यान दिने कुरा पनि भएन । सबैसँग रमाइलो अनुभव साटासाट गर्नु परिहाल्छ । र उनलाई सोध्नुस्, तिमी रमाइलो त मानिरहेकि छौँ ? ती युवतिको उत्तर हुनेछ, ‘अवश्य तिम्रा साथीहरु कति कुल छन् ।’ तर उनको मनमा यस्तो हुँदैन । तपाईको साथीहरुको बारेमा नराम्रो भनेर वा म रमाइलो मानिरहेको छैन भनेर तपाईलाई हर्ट गर्न उनीहरु चाहदैनन् ।

५. भन न भन, म रिसाउदिन के ! यो ढाँट मात्रै नभएर महिलाको बाठोपन पनि हो । उनीहरु यो कुरा गरेर तपाईलाई खाडलमा मात्र पार्न खोजिरहेका हुँदैनन् अर्को खाडल पनि तयार पारिरहेका हुन्छन् । पुरुष फकाउने कला महिलासँग सयौं हुन्छन्, यो कलामार्फत उनीहरु तपाईको इमान्दारिता नाप्न पनि खोजिरहेका हुन्छन् । तर तपाई पुरुषहरु होसियार हुनुहोला! तपाईको रहस्योदघाटनले तपाईलाई नै खाडलमा पार्न सक्छ ।


यो अवस्था विशेषगरि उनीहरुले लगाउने कपडा, उनीहरुले पकाउने खाना, उनीहरुको हिँडाई तरिका, बोल्ने तरिका अनि तपाईको निम्ति उनीहरुले किनिदिएको केहि नयाँ कपडाबारे टिप्पणी हुनेछ । उनीहरुको व्यवहारबारे तपाईलाई उनीहरुको प्रश्न हुनेछ, भन न कस्ती देखिएकि छुँ, यो कस्तो छ, जे जस्तो भनेपनि म रिसाउँदिन के ! तपाईले वास्तविक कुरा गरेपनि नगरेपनि महिलाहरु यसलाई सहज पत्याउँदैनन र कुनै अवस्थामा उनीहरु तपाईसँग महिनौ राम्रोसँग नबोल्न सक्छन् । एउटी टाइट जिन्स पाइन्ट लगाएकि श्रीमतिलाई तपाईले कस्सिएको सिरानी जस्तै भनिदिनुभयो भने त झन् तपाईलाई बेलुका खाना पनि नपाक्न सक्छ । होसियार हुनुहोला !

महिलाहरुले सेक्स गर्नु भन्दा पहिले ढाट्ने ५ कुरा के के हुन् ? थाहा पाइराखौ



काठमाडौं , उत्तेजना र सेक्सको गहिरो सम्बन्ध छ । पुरुष वा महिला सेक्सको समयमा जति धेरै उत्तेजित हुन्छन् त्यती नै सेक्स गर्नमा मज्जा आउँछ । तर कहिले काँही पुरुषहरु उत्तेजित हुन सक्दैनन् र सिर्घस्खलन भएर पुनः सेक्स गर्ने स्थितिमा हुँदैनन् । पुरुषलाई उत्तेजित पार्ने धेरै तरिकाहरु छन् तर केही समान्य तरिकाहरु । यहाँ रहेका छन तपाई यी तरिकाहरुबाट साथीलाई सेक्स गर्नका लागि उत्तेजित गर्नुको साथै सेक्सको भरपुर मज्जा लिन सक्नुहुन्छ ।






१.पहिरन र परफयुम प्रायः सबै पुरुषहरु महिलाको पहिरनबाट आकिर्षित हुने गर्छन । बाटोमा हिडदा वा कही बस्दा पहिरनलाई नै हेरेर पुरुषहरुले जिस्काउने पनि गर्छन । तपाई आफनो साथीसँग सेक्स गर्न जाँदै हुनुहुन्छ वा तपाईको घरमा कोही पुरुष आउँदै छ भने तपाई उत्तेजक ड्रस लगाउनुस । अर्थात तपाईको शरिरका धैर भन्दा धैर अंगहरु हेरियोस् । जस्तो कि तपाईको बाहिरि पहिरनबाट भित्रि पहिरनहरु झल्कियोस् । तपाईको बच्छस्तनको केही भाग देखियोस् अथवा तपाईका सम्बेदनशिल अंगका केही भागहरु लुगामाथि हेरर पनि अनुमान गर्न सकियोस् । यस्ता पहिरनले पुरुषलाई समान्य रुपमै उत्तेजित गर्छ ।




त्यस्तै तपाईको परफयुमले पनि केटा साथीलाई उत्तेजित गर्नमा सहयोग गर्छ । तपाई सेक्सका लागि जाँदै हुनुहुन्छ वा आफनो साथीलाई उत्तेजित पार्न खोज्दै हुनुहुन्छ भने फरफयुमको प्रयोग पनि गर्नु होला ।

२ .डान्स अर्थात नृत्य पुरुषलाई अत्याधिक उत्तेजित बनाउने गर्छ । परापूर्वकाल देखि नै पुरुषलाई उत्तेजित गर्नका लागि मुजरा, नाच घर र डान्स बारहरुको स्थापना भएको छ । तपाई आफनो पुरुष साथीलाई डान्सले पनि आफुप्रति आर्कसित र उत्तेजित बनाउन सक्नुहुन्छ । तपाई आफनो साथीलाई भेटदा डान्सको केही स्टेपहरु गर्नुस् र आफनो शरिरको अंगहरु उनको सामनेमा प्रर्दशन गर्नुुस् । डान्स गर्दै उनको नजिक जानुस र उनको शरिरमा पनि स्पर्स गर्नुस् । र, उनलाई आफनो शरिरका सम्बेदनशिल अंगहरु उनको शरिर तिर ढल्काउनुस र हल्का स्पर्स गर्नुस् । तपाईको साथी सेक्सका लागि आतुर हुनेछन् ।




३ जिस्काउने तपाई आफनो साथीसँग जिस्किनुस र खुलेर मजाक गर्नुस् । उनको शरिरमा स्पर्स गरेर उनको अंगहरुको बारेमा वयान गर्नुस् । नजानि नजानि उनको गुप्तागंहरुमा स्पर्स गर्ने प्रयास गर्नुस् । तपाईको साथीसँग पोर्न फिल्महरुको बारेमा कुरा गर्नुस् । र, उनलाई आफनो शरिरको भागहरुलाई स्पर्स गराउँदै आफुसँग यौन सम्पर्कको अनुभाव नभएको कुराकानी गर्नुस् । तपाईको नयाँ साथी तपाईसँग सेक्स गर्न मरिहत्ते गर्नेछन् ।




४.स्नान तपाईको घरमा कोही छैन भने आफनो केटा वा केटीसाथीलाई स्नान अर्थात नुहाउने प्रस्ताव गर्नुस् । तपाई विवाहिता हुनुहुन्छ भने झनै समस्या भएन । आफनो साथीलाई आफुले स्नान गराई दिने भनेर स्नान घर ९बाथ रुम० मा लग्नुस् । श्रीमानसँग जाँदै हुनुहुन्छ भने नो प्रोबलम सँगै नुहाउने प्रस्ताव गर्नुस् । एकपछि अर्को गरी आफनो साथीको कपडा खोल्न लगाउनुस् र तपाईले पनि खोल्नमा सहयोग गर दिनुस् । उनलाई पानीले भिजाएर तपाईपनि भिज्नुस् । आफना शरिरले उनको अंगहरुमा स्पर्स गर्नुस् । अनी उठाउनुस सेक्सको मज्जा ।

सम्भोग गर्नु भन्दा पहिले उत्तेजित पार्ने ४ टिप्स: थाहा पाईराखौ

यौनसम्पर्कका लागि उत्तेजित हुन प्रायः महिलालाई २० मिनेट लाग्छ भने कुनै पुरुषको कल्पना र फोरप्लेबाट उत्तेजित हुन उनीहरूलाई मात्र १० मिनेट लाग्छ ।








२. फ्यामिली प्लानिङ एसोसिएसनले गरेको सर्वेक्षण अनुसार कन्डम असफल हुनुको कारण यो लुज हुनु वा बढी टाइट हुनु हो । टाइट भए कण्डम फुट्छ र लुज भए बाहिर निस्कन्छ । अतः उचित आकारको कन्डम छनौट गर्नुपर्छ ।

३. एक सर्वेक्षणअनुसार गि्रकहरू अन्य देशका नागरिकको तुलनामा यौनसम्पर्कमा बढी संलग्न हुन्छन् ।

४. पुरुष एवं महिला दुवैले एकै दिनमा कैयन पटक आर्गेज्म अनुभव गर्छन् ।

५. के तपाईं यौनसम्पर्कका लागि उत्तेजित हुनुहुन्न ? त्यसो हो भने एक पटक बर्थ कन्ट्रोल पिल्स परिवर्तन गरेर हेर्नु उचित हुन्छ र कैयन अवस्थामा अलग-अलग पिल्समा पाइने हार्मोनले उत्तेजनालाई प्रभावित गर्छ । यसको परिवर्तनबाट समस्या समाधान हुन सक्छ ।

६. कतिपय अवस्थामा वीर्यबाट ब्लिचको गन्ध आउँछ । यसबाट कुनै हानि भने हुँदैन । यसको कारण त्यसमा पाइने रसायन हो । यो प्राकृतिक डिसइन्फेक्टेन्ट हो र यसले वीर्यलाई योनिमा पाइने एसिडको प्रभावबाट जोगाउँछ ।

७. ७५ प्रतिशत पुरुष आफ्नो पार्टनरसित आर्गेज्मको अनुभव गर्छन् ।

८. शारीरिक सम्बन्धपश्चात अधिकांश पुरुष सुत्छन् जुन प्रायः महिलालाई मन पर्दैन । यस्तो व्यवहार पुरुषले जानेर-बुझेर गरेको हुँदैन । आर्गेज्मले पुरुषको नर्वस सिस्टमलाई लो गर्छ जसको रासायनिक प्रभावबाट उनीहरूलाई निद्रा लाग्छ ।source:khabar time

यौनसम्पर्कका लागि महिलालाई तुरुन्तै उत्तेजित पार्न यसो गर्नुहोस्.. जानी राखौं

Wednesday, December 2, 2015


काठमाडौं । बिहानै देह सुख! मानिसको चाहनाको कुनै सीमा छैन। हिजोआज मर्निङवाकमा जानेहरू साथीसहित होटलका कोठामा जाने गरेका छन्। दिउँसो र बेलुका होटलमा छापा मार्ने चलन बाक्लो भएपछि जोडाजोडीले अवैध शारीरिक सम्बन्धका लागि बिहानको समय चुनेका हुन्। …..
‘कोठा खोज्नुभाको हो सर? कति घण्टालाई हो?’ सोमवार बिहान सुन्धाराको एक होटलका बोर्डमा आँखा डुलाउँदै गर्दा एकजना किशोरले पछाडिबाट साउती गरे। ‘केटी पाइन्छ भाइ?’ हामीले आफ्नो रिपोर्टिङको ध्येय अनुसार प्रश्न गर्‍यौँ। ‘त्यो त साहुजीलाई सोध्नुपर्छ,’ ती किशोर खुर्रर कुदेर होटलतिर लागे। एकछिनमा आएर भने, ‘तपाईंले नै केटी बोलाउनुभएको छैन?’ छैन भन्ने संकेतले टाउको हल्लाएपछि उनी निराश हुँदै धरहरातिरबाट आइरहेको ट्याक्सीभित्र हेर्न थाले।
राजधानीका मुख्य क्षेत्रका होटलमा निगरानी बढाएको प्रहरी प्रशासन अचेल छापा मार्न जाँदा कहिलेकाहीँबाहेक रित्तो हात फर्किने गरेको छ। प्रहरीका आँखामा राजधानीको ठमेल, सुन्धारा, पुरानो बसपार्क र चाबहिललगायत क्षेत्रमा समेत केही समयदेखि ‘यौन जोडी’ देखिन छाडेका थिए। यसको अर्थ पछिल्लो समय यस्ता क्रियाकलाप हुनै छाडेछन् भन्ने लाग्न सक्छ धेरैलाई। हरेक कुराको विकल्प खोज्न माहिर अहिलेको पुस्ताले ‘जहाँ इच्छा, त्यहाँ उपाय’ लागु गरिहाल्छ। अरूका लागि जे भए पनि प्रवीण थापाको यौनप्यास मेट्न प्रहरीको निगरानी बाधा बनेको छैन। सोमवार बिहान सुन्धारामा भेटिएका उनी शुरुमा नजिकै बसोबास भएकाले टुँडिखेलमा एक्सरसाइज गरिसकेर चिया पिउन उक्त होटल पुग्ने गरेको बताउँदै थिए। जब हाम्रो चिनजानका होटल मालिकले हामीतिर इंगित गर्दै ‘उहाँ पनि तपाईंजस्तै चिया पिउने साथी हो’ भने त्यसपछि उनी खुल्दै गए।
न्युरोडको एउटा कपडा पसलमा काम गर्ने उनी हप्ताको दुई दिनजति यौन तलतल मेटिने ‘चिया पिउन’ आउँछन्। ताहाचलमा आमाबुवा र एकजना भाइसँग बस्ने उनी एक्सरसाइज गर्न भन्दै घरबाट निस्किन्छन् र उस्तै बहाना बनाएर आउने गर्लफ्रेन्डसँग ‘सेक्सरसाइज’ गरेर घर फर्किन्छन्। नियमित आउने भएपछि तीन सय रुपैयाँमै दुई घण्टाका लागि रुम पाउँछन् उनी। यसअघि उनी शनिवार दिउँसो गर्लफ्रेन्डलाई सुन्धारा बोलाउँथे। उनीसँग गफिँदै गर्दा स्पोर्ट्स ड्रेसमा एक अधबैँसे पुरुष ‘ऊ आई’ भन्दै होटलमा छिरे। काउन्टरमा बसेका युवकले जबाफ फर्काए, ‘६ बजे नै आइसक्नुभयो, हजुर किन ढिला?’ ती भलाद्मी ‘सरी’ भन्दै उसले भनेको रुम नं ३०१ तिर लागे। यही कारण घामको तातो लागेपछि मात्रै छापा मार्ने ड्युटीमा पुग्ने प्रहरीको र झिसमिसेमै धन्दा सकेर बाटो तताउनेहरूको जम्काभेटै हुँदैन। ट्याक्सीका चालकहरू सडकमा बालिएको आगो ताप्दै गफिँदै थिए। ‘कति ढिलो गरेका हुन्, आज त धेरै ढिला पो गरे त,’ एकजना बोले।
अर्काेले थपे, ‘हामीलाई पो जाडो लाग्या छ र ढिलो भो, उनीहरू तातेकै होलान्।’ यो संवादले उनीहरूले यौनप्यास मेटाएर फर्किने ग्राहकलाई पर्खेको प्रस्ट्याउँथ्यो। थप कुरा सुन्ने निहँुमा सँगै आगो ताप्न पुग्दा एक अधबैँसे ट्याक्सी ड्राइभरले हामीलाई जिस्क्याए, ‘अरूलाई तताउने उमेरमा के आगो तापेर बसेको भाइहरू? माल चाहिएको हो भने भन्नुस्।’ यतिन्जेल धरहराको टुप्पोमा घाम पुगिसकेको थियो। पसिनैपसिना भएर मर्निङवाकवालाहरू पनि सडकमा बाक्लै देखिन थाले। होटलबाट निस्किँदा बाई गर्दै छुटेकाहरू पाँच फिट बाटो क्रस गर्दा अपरिचित भइसकेका थिए।
त्यसैले केटा उत्तरको बाटोबाट कुद्यो भने केटी दक्षिणको बाटो समात्थिन्। मुख्य सडकमा आइपुग्दा त दौडिँदै, ढाड मर्काउँदै, हातखुट्टा तन्काउँदै वरपर नियाल्दै गरेका देखिन्थे। गर्मी मौसममा चार बजेदेखि नै सुरु हुने होटलतिरको मर्निङवाक अहिले पाँच बजेपछि मात्रै हुन्छ। अहिले होटल व्यवसाय चलाउने माध्यम नै यही बनेको छ, केही बाहेकका सबै होटलहरूलाई। ‘उनीहरूलाई कोठा दिनु हाम्रो व्यवसाय हो,’ एक व्यवसायी भन्छन्, ‘उनीहरू जेसुकै गरुन्। हाम्रा लागि पाहुना हुन्, स्वागत गर्नुपर्छ।’ आफूहरूले केटीको व्यवस्था गरिदिने काम नगरेकाले श्रीमान्श्रीमती पनि हुन सक्ने तर्क गर्छन् उनीहरू। होटल सञ्चालकका अनुसार यौन प्यास मेट्ने यो नयाँ आइडिया चाहिँ होइन, तर अहिले व्यापक भएको छ। कर्ल गर्लसँग सरसंगत गर्ने पुरुषलाई उनीहरूले बिहानै बोलाउन थालेका छन्। यसकारण यो व्यापक भएको ठान्छन्, होटल सञ्चालक। तर, सञ्जीव लामालाई बिहान यौनप्यास मेटाउने आइडिया आफ्नै रहरले सुझाएको हो।
अनामनगरबाट सधैँ गर्लफ्रेन्डसँग भृकुटीमण्डपसम्म सँगै कुदेर आउने उनलाई एक वर्षअघि एक दिन सँगै हिँड्दा यौन भावना जागृत भएको थियो। उनले गर्लफ्रेन्डलाई फकाएर बागबजारको एक होटलमा लगेका थिए। अहिले त्यसले निरन्तरता पाएको छ। उनी भन्छन्, ‘बिहान कसैले शंका पनि गर्दैन, प्रहरीले छापा पनि मार्दैन।’ यौनकर्मी पनि कम फरवार्ड छैनन् भन्छन्, खेम तामाङ। क्रिकेट खेलाडी उनी टुँडिखेलमा एक्सरसाइज गर्दै गर्दा साथी बन्न पुगेकी सपना यौनकर्मी भएको तीन दिनपछि थाहा पाए। ‘राम्री नै थिई, सस्तोमै कुरा मिल्यो,’ उनले भने। त्यसपछि हप्ताको एक दिन एक्सरसाइजको सट्टा बिहानै सुन्धाराको होटलमा सेक्सरसाइज गर्न थाले उनी। उनी भन्छन्, ‘उनीहरूलाई त प्रहरीले नै भन्छ कि क्या हो! शुक्रवार सधैँ भेट्ने उसले अबदेखि आइतरवार भेटौँ भनी। कुरा बुझ्दै जाँदा शुक्रवार र शनिवार बिहान पनि प्रहरीले निगरानी बढाउने सुइँको उसले पहिल्यै पाइछ।’ दुई हप्तादेखि उनले गर्लफ्रेन्ड भेटेका छन्।
त्यसैले गएको सोमवार ती यौनकर्मीलाई होइन, आफ्नै गर्लफ्रेन्डलाई पर्खिरहेका थिए, पुरानो बसपार्कमा। बाआमाले बिहानभरि जति ढोका ढकढक्याए पनि कलेज जानका लागि नब्युँझिने स्कुले ठिटाठिटी पनि अचेल बिहानै उठ्न थालेका छन्। पाँच बजे नै कलेजको बाटो तताउने उनीहरू यौनप्यास मेटेर कलेज पुग्न भ्याउँछन्। बिहानको झिसमिसेमा चाबहिलस्थित एक होटलबाट कलेज ड्रेसमै निस्किएको थियो एक जोडी। मास्क लगाएर निस्किएका उनीहरू मोटरसाइकलमा हुइँकिए। उक्त होटलका सञ्चालकका अनुसार विद्यार्थीहरूले ‘रुम रेन्ट’ भने अगाडि तिरेर छिर्छन्। होटलका एक स्टाफ भन्दै थिए, ‘यस्ता जोडी त कति आउँछन्, कति। कसले हेक्का राख्छ र? पहिलापहिला त अझ धेरै हुन्थे। अचेल त पुलिसले र्‍याक गर्छ नि, त्यो भएर धेरै घटेका छन्।’ ‘प्रहरीको मात्रै कहाँ हो र? आँखा त परिवारको पनि छल्नुपर्छ नि,’ मंगलवार बिहान ललितपुरको युएन पार्कमा भेटिएका कुबेर प्रसार्इंले भने। उनका अनुसार कक्षा १२ पढ्दै गरेकी उनकी गर्लफ्रेन्ड दिउँसो कलेज जान्छिन्। कलेजबाट अलि ढिलो गर्‍यो कि ‘बाआमाले मार्छन्’ भन्दै तर्किन्छन्।
त्यही भएर शंखमूल बस्ने उनी एक्सरसाइज गर्न युएन पार्क आइपुग्छिन्। दुवैजना त्यहीँ भेटेर बुद्धनगरस्थित कुबेरको कोठामा पुग्छन्। तनको चाह पूरा भएपछि वरिपरिकालाई छक्याउन हातमा किताव बोकेर बाहिरिन्छन्। दुई महिनादेखि यो क्रम हप्ताको एक दिन चल्छ। गर्लफ्रेन्ड कीर्तिपुरस्थित गर्ल्स होस्टेलमा बस्ने भएकाले कीर्तिपुर क्याम्पसमै पढ्ने कुमार काफ्लेलाई बिहान भेट्ने आइडिया सोच्न तीन महिना लाग्यो। ‘उनको मोबाइल बिग्रेकाले नयाँ मोबाइल दिन एकदिन बिहानै रुममा बोलाएको थिएँ, मन र तन दुवै शान्त भयो,’ उनले भने, ‘गजबको उपाय फुर्‍यो त्यसपछि।’ अचेल उनकी गर्लफ्रेन्ड होस्टेलबाट ‘एक्सरसाइज गर्न जान्छु’ भन्दै उनीकहाँ पुगेर फर्किन्छन्। पशुपतिको छेउछाउतिर मर्निङवाकमा निस्किनेहरू यौनको क्रय र विक्रयमा लिप्त हुन्छन्। मंगलवार १४ जनालाई प्रहरीले रंगेहात समात्यो।
महानगरीय प्रहरीका प्रवक्ता डिएसपी धिरजप्रताप सिंहका अनुसार मित्रपार्कस्थित एक घरमा छ महिनादेखि बिहानैदेखि यौनधन्दा सुरु हुने गरेको सुराकका आधारमा राति १०:४० बजे छापा मारिएको थियो। पक्राउ पर्नेमा १८ देखि ३४ वर्षसम्मका यौनकर्मी छ जना ग्राहक र एक सञ्चालक छन्। सामाजिक मर्यादा कायम राख्न भन्दै प्रहरीले वेश्यावृत्तिविरुद्ध कारबाही बढाएको छ। सूचना र नियमित अनुगमनका क्रममा यौनकर्मीहरू पक्राउ पर्छन्। अनुगमन प्रायः बेलुकामात्रै हुन्छ। बिहान सूचना आएमात्र प्रहरीले बेलुका छापा मार्छ। एक्सरसाइजको समयमा हुने सेक्सरसाइजबारे जानकारी पाएकाले निगरानी बढाएको प्रहरी स्रोतले जनाएको छ। यो हप्ता पनि सयौँको संख्यामा धन्दासँग आबद्धहरू र यौनकर्मीहरू समातेको डिएसपी सिंहले बताए। देशभरि नै यौनधन्दाविरुद्ध प्रहरीले ‘विशेष अपरेसन’ पनि थालेको छ। ‘प्रहरी अपरेसनकै कारण धन्दावालहरूले पनि नयाँ तरिका अपनाएका सुनिन आएको छ,’ डिएसपी सिंह भन्छन्।
हिजोआज प्रहरीले लगातार छापा मार्ने गरेकोमा पनि यौनकर्मी र होटल, लज सञ्चालकहरू प्रहरी प्रशासनदेखि रुष्ट छन्। उनीहरू आफ्नो रोजीरोटीमा पुलिसले धावा बोलेको गुनासो गर्छन््। यसलाई बन्द गर्नेभन्दा पनि व्यवस्थित बनाउनुपर्ने बताउँछिन्, एक जना यौनकर्मी रीता लामा। भन्छिन्, ‘हाम्रो त रोजीरोटी नै खोसिएको छ। बाटाबाटामा त गरेका छैनौँ नि। हामीलाई पनि गरिखाने बाटो चाहियो नि।’ उनी एकपटक पक्राउ पनि परिसकेकी छिन्। उनीसँगै पक्राउ परेका ग्राहकको भनसुनमा चार दिनमै छुटिन् उनी। होटल व्यवसायीले त पुलिसलाई लगातार छापा मारेर सोझा ग्राहक पनि भड्काइदिएको आरोप लगाएका छन्। ‘रिझाउन र भिजाउन’ सके प्रहरी ‘लाइनमा आउने’ व्यवसायीहरूको आरोप छ। एक व्यवसायी भन्छन्, ‘पुलिसलाई पनि टन्न ख्वाउनपिलाउन सके सताउने थिएनन्। पक्राउ गर्न आएकाहरू पनि खर्चपानी टारेपछि गेट बाहिरैबाट फर्कन्छन्। कमाइको हालत यस्तो छ, कहाँबाट पाल्ने पुलिसहरूलाई।’
‘आफ्नै घरमा होटल चलाएका छौँ, आफ्नै परिवार स्टाफ छन्, हामीले यस्तो गरे त आफ्नै गाउँघरको लाज हुन्न र?,’ भक्तपुर साँगा क्षेत्रका एक होटल व्यवसायी केही दिनअघि भन्दै थिए, ‘आफ्नै घरमा कसरी गर्न सक्छौँ यौनधन्दा? होटलमा आउने जोडीहरूलाई हामीले कसरी छेक्न सक्छौँ?’ डिएसपी सिंह भने निगरानीको आधारमा छापा मारिने भएकाले निर्दाेषलाई दुःख नदिएको दाबी गर्छन्। भन्छन्, ‘केही होटल सञ्चालकहरूले गुनासो गरेका छन्। तर, हामीले निर्दोषलाई सताएका छैनौँ। पर्याप्त प्रमाणका आधारमा छापा हानिएको छ। हामी पनि कसैलाई मर्का पार्न चाहन्नौँ।’ विशेष गरी बिदाका दिनमा धन्दा अलि बढी चल्ने भएकालेे शुक्रवार र शनिवार बिहानैदेखि निगरानी बढाइएको उनले बताए। 

मर्निङ वाकको बहानामा यौन लीला मञ्चाउने नेपाली युवायुवती पक्राउ

Sunday, November 29, 2015

DUVET COVER || HOT & FUNNY Nepali Short Movie || 2015

 
video.com © 2015 - Designed by Templateism.com